२७ असार, काठमाडौं । सरकारले संविधान संसोधन विधयेक यसै हप्ता अघि बढाउने तयारी गरेपछि एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गरेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान संसोधन विधयेकबारे कुराकानी भएको बताइएको छ । एमालेले संविधान संसोधनमा विरोध गर्दै आएको छ भने राप्रपाले पक्षमा मतदान गर्ने स्पष्ट निर्णय गरिसकेको छ ।

बैठकमा राप्रपालाई संसोधनको विपक्षमा तान्ने प्रयासमा छलफल भएको स्रोतको भनाई छ । यसअघि संसोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने तयारी भइरहँदा राप्रपाका १० सांसद हराएपछि रोकिएको थियो ।