२५ वैशाख, काठमाडौं ।

विजयकुमार गच्छदारको पार्टीलाई सरकारका भित्र्याउने तयारी भइरहेका बेला केही समय अघि मात्रै सरकार छोडेको राप्रपाले पनि पुनः सरकारमा जाने इच्छा देखाएको छ । संविधान संसोधनमा दुई तिहाई पुर्याउन नदिने नियतले १० सांसद नै गायव भएपछिको असन्तुष्टि चुलिंदै जाँदा राप्रापा सरकारबाट फिर्ता भएको थियो ।

यो पढ्नुस्: गच्छदार नेतृत्वको लोकतान्त्रिक फाेरम सरकारमा जाने, आजै सपथको तयारी

तर, राजनीमा दिए पनि प्रधानमन्त्री प्रचण्डले राजनीमा स्वीकृत नगरेपछि अझै पनि राप्रपा सरकारमा जाने तयारीमा रहेको राप्रपाका एक नेता बताउँछन् ।

‘अझै राजीनामा स्वीकृत भइसकेको छैन’ राप्रपाका एक नेताको भनाई छ, ‘हामी प्रचण्डले के गर्नुहुन्छ त्यसको बाटो हेर्दै र्छौ ।’

प्रधानमन्त्रीले चाहे राप्रपा पुनः सरकारमा सहभागी हुन तयार रहेको ती नेता बताउँछन् ।

तर, स्थानीय विकाससहित उपप्रधान र आपूर्ति मन्त्रालय दिने गरी गच्छदारलाई सरकारमा भित्र्याउने तयारीलाई बालुवाटारले अन्तिम चरणमा पुर्याएको छ ।