१९ भदौ, काठमाडौं । चर्चित एवं लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘हात समाई’ बोलको गीतमा रामकृष्णलाई गायिका मीना निरौलाले साथ दिएकी छन् । टीमाया राईको शब्दमा रहेको गीतमा श्रीकृष्ण बम मल्लको संगीत छ भने योगश काजीको एरेन्जमेन्ट छ ।

गीतको भिडियोमा टिकटकमा ट्वीन्स ब्रोदरको नामा परिचित अमर ढकाल र अमृत ढकालको अभिनय छ । भिडियोमा उनीहरुको साथमा बिनु शाक्य देखिएकी छन् । हस्त राईको निर्माणमा बनेको भिडियोमा अजय रेग्मीको छायांकन तथा क्रान्ति केसीको सम्पादन छ । भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् ।