३० भदौ, पोखरा ।

नेपाली काँग्रेसका नेता रामजी पौडेल ‘बादल’को हत्यामा संलग्न रहेका फरार अभियुक्त रविन केसीलाई अदालतले आज जेल चलान गरेको छ ।

नेता बादलको हत्या गरी झण्डै एक महिना फरार रहेका केसीले आजै प्रहरी कार्यालय पोखरा गई आत्मसमर्पण गरेका हुन् ।

कास्की लेखनाथ–१३ का बस्ने केसीलाई जिल्ला अदालत कास्कीले पूर्पक्षका लागि जेल चलान गरेको हो ।

हत्याको उक्त घटनामा संलग्न अन्य चार जनालाई अदालतले यसअघि नै जेल चलान गरिसकेको छ ।