२६ भदौ, काठमाडौं । राम्चेमा पहिरो आएसँगै रसुवाको सम्पूर्ण यातायात सेवा ठप्प भएको छ । पहिरोले सडकनै बगाएर लगेपछि सदरमुकाम जोड्ने सडक ठप्प भएको हो । साँघुरो सडक भएको ठाउँमा तलबाट भासिएपछि पूर्ण सडक नै भत्किएको छ । सडकको कुनापट्टी भएको टेलिकमको अप्टिकल फाइबरहरु पनि देखिएका छन् ।

दशैंको संघारमा यातायातको साधन ठप्प हुँदा चीनबाट आयात गरिएका सामानहरु राजधानीसम्म पु¥याउन पनि समस्या भएको छ । मैलुङको सडक सञ्चालनमा नआइसकेको र चीनसँगको आयात निर्यातमा एकमात्र बाटो प्रयोग गरिएकोले अबको अवस्था झनै कष्ठकर बनेको छ । तत्काल यो सडकको मर्मत नभएमा दशैँमा लत्ताकपडासँगै खाद्यान्नको मूल्य पनि आकाशिने पक्का जस्तै छ ।

राजधानी लगायतका क्षेत्रमा प्रयोग हुने अधिकांश तयारी पोशाक र फलफुलहरु यही बाटो भएर काठमाडौं भित्रिने हुन् । तत्काल सडकको मर्मत नथालिएर व्यवसायीसँगै रसुवाबासीको लागि अन्यन्तै कष्ठकर दिन शुरु हुने स्थानीय व्यवसायी लाक्पा तामाङ बताउछन् ।