काठमाडौं, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तय भएको छ । राष्ट्रपति भण्डारी यही बैशाख ११ गते मित्रराष्ट्र चीनको भ्रमणमा जान लागेकी हुन् ।

बैशाख १३ र १४ गते हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनीँ त्यसतर्फ जान लागेकी हुन् ।

चीनले राष्ट्रपतिको भ्रमणलाई उच्च सम्मान गर्दै राजकीय बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सम्मेलनमा १२४ मुलुक र २९ अन्तर्राष्ट्रिय संघसंथाका उच्चस्तरका प्रतिनिधिको सहभागिता रहनेछ ।