३१ भदौ, एजेन्सी । अफगानिस्तानमा परवन शहरमा मंगलबारको आत्मघाती आक्रमण भएको छ । परवर शहरमा भएको राष्ट्रपति अशरफ गनीको सभाको कार्यक्रमको दौरान आत्मघाती आक्रमण भएको हो । आत्मघाती आक्रमणमा २४ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

घटनाको समय राष्ट्रपति अशरफ गनी त्यहाँ थिए । तर उनी सुरक्षित भएको छ । घाइतेहरुलाई स्थानीय अस्पताल पठाइएको छ । अहिलेसम्म कुनै पनि आतंकवादी समूहले घटनाको जिम्मेवारी लिएका छैनन् । अफगानिस्तानमा अर्को महिना राष्ट्रपति चुनाव हुँदैछ । जसको कारणले चुनाव प्रचारप्रसार तिव्रताका साथ अघि बढाइरहेको छ ।