१० कात्तिक, काठमाडौँ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् ।

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा आज अपराह्न १२ः१५ मा नेता महर्जनले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन । उहाँको प्रस्तावकमा सोही पार्टीका सांसद प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले रहेका छन् ।

उम्मेदवारी दर्ता गराएपछि महर्जनले संवैधानिक व्यवस्थानुसार नै आफूले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिए । संविधान लेखन प्रक्रिया र राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले खेलेको भूमिकालाई संसद्मा रहेका सबै राजनीतिक दलले सम्मान गर्ने र आफूलाई विजयी गराउने जिकिर उनले गरे । रासस