२२ कात्तिक, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलई न्यूयोर्कको अदालतले जरिवानाको फैसला सुनाएको छ ।

सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा आफ्नो अभियानमा च्यारिटीको रकम खर्च गरेकोमा दोषी ठहर गर्दै यस्तो सजाय सुनाएको हो । उनलाई २० लाख डलरको जरिवाना गराउने फैसला गरेको अदालतका अधिकारीहरुलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । उनले च्यारिटीको पैसा पहिलेदेखि चलिरहेको आफ्नो कम्पनीको ऋण चुक्ता गर्न पेन्टिंग्सहरु खरिद गर्नका लागि खर्च गरेका थिए ।

ट्रम्प र उनका वकिल लामो समयदेखि यसलाई राजनीतिसँग प्रेरित आरोप बताउँदै आएका थिए । ट्रम्पले च्यारिटीको पैसा आफ्नै चेकबुक जसरी खर्च गरेको आरोप उनीमाथि लगाइएको थियो । जरिवाना रकम पनि च्यारिटीमै जाने तर च्यारिटी अब अस्तित्वमा नभएकाले राष्ट्रपति ट्रम्पले यो पैसा ८ अलग अलग च्यारिटीलाई दान दिनुपर्ने फैसला अदालतले गरेको छ ।