३१ साउन, रुकुमपूर्व ।  मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ ।

बागलुङको ढोरपाटन पुगेका उनी पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । रासस