९ माघ, काठमाडौं । सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतदान कार्य शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । सात वटै प्रदेशमा एक एक वटा मतदान स्थल तोकिएको थियो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई मतदान गर्दै ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले भोट हाल्न पाउनेछन् । जसअन्तर्गत सातै प्रदेशका मुख्यमन्त्रीहरुले यसरी मतदान गरेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मतदान गर्दै ।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल मतदान गर्दै ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मतदान गर्दै ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल मतदान गर्दै ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मतदान गर्दै ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मतदान गर्दै ।