२६ मंसिर, काठमाडौं । सरकारले राष्ट्रिय सभाको चुनावको मिति तोकेको छ । मन्त्रीपरिषद बैठकका निर्णय जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले माघ ९ गते राष्ट्रिय सभाको चुनाव तोकिएको जानकारी दिए ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये एकतिहाई सदस्यको कार्यकाल दुई वर्षमात्रै हुनेछ । दुई वर्षे कार्यकाल भएका १८ सभा सदस्य हटेर नयाँ चुनाव गर्नुपर्नेछ ।संविधान अनुसार अरु एक तिहाईको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो ।