२० साउन, एजेन्सी।
ब्राजिलको रियो दि जेनेरीयोमा ओलम्पिकको टर्च र्यालीका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले सैंयौ प्रदर्शनकारीमाथि अश्रुग्यांस प्रहार गरेको बिबिसीले जनाएको छ ।

लण्डनमा चक्कु प्रहारबाट एकको मृत्यु, ५ घाइते

ओलम्पिक खेलमा ठुलो खर्चको विरोध गर्दै आएकाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले ओलम्पिक टर्च निभाउने प्रयास गरेका थिए । भोली माराकान स्टेडियममा ओलम्पिक खेलको औपचारीक उद्घाटन हुंदैछ । उद्घाटन समारोह अघि विरोध प्रदर्शन र र्याली हुनसक्ने अनुमान गरीएको अधिकारीहरुले बताएका छन् ।

अर्जुनले मागेको मन्त्रालय पाएनन्, शेखरको नाम काटियो

आयोजकले ब्राजिलमा अझैसम्म १० लाख टिकट बिक्री नभएको बताएको छ । ब्राजिलले आर्थिक मन्दीको सामना गरीरहेको छ । यस्तैगरी त्यहाँ राजनीतिक संकटपनि चलिरहेको छ ।