२९ साउन, एजेन्सी । ३० अगस्टमा रिलिज हुने दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘साहो’ फ्यानहरुको लागि एकदमै प्रतिक्षारत छ । ३ सय ५० करोडको लगानीमा बनेको एक्सनप्रधान फिल्मले रिलिजअगावै ३ सय २० करोड कमाइसकेको खबर सार्वजनिक भएको छ ।

भारतीय मिडियाका अनुसार निर्माण टीमले फिल्मको थियट्रिकल राइट्स (हलमा प्रदर्शन गर्ने अधिकार) ३ सय २० करोडमा बेचेका छन् । अब साहोको स्याटेलाइट्स राइट्स र डिजिटर राइट्स बेचेको छैन । बाहुबलीपछि रिलिज हुन लागेको प्रभासको पहिलो फिल्म साहो हो । त्यसकारण पनि फ्यानहरुले यो फिल्मलाई गज्जबले पर्खिरहेका छन् ।

अहिले प्रभास र श्रद्धा फिल्मको प्रचासप्रसारमा व्यस्त छन् । ‘साहो’ले फिल्मको लागि १ सय करोड रुपैयाँ लिएको चर्चा चलिरहँदा उनले भने यसको खण्डन गरेका छन् । फिल्म भारतमा मात्र नभएर ‘आइम्याक्स’ फरम्याटमा विश्वभर रिलिज हुँदैछ ।