१७ मंसिर, धनकुटा । जिल्लामा एक युवकले खुकुरी प्रहार गरी दाइलाई घाइते बनाएका छन् ।

घाइते बनाएको अभियोगमा पाख्रीवास नगरपालिका–५ मासेडडुवा बस्ने भोजपुर श्यामसिला घर भएका २६ वर्षीय सुजन श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले आफ्नै दाइ नाता पर्ने ४८ वर्षीय खड्ग बहादुर बयलकोटीलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते बयलकोटीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।