१३ असोज, काठमाडौं । रसुवामा एक पुरुषले छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बताएका छन् ।

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा छोदिङ्मो गाउँपालिका–१ ठुलो हाकु बस्ने ५६ वर्षीय सिंह बहाहुर तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी उनले छिमेकी ३५ वर्षीय मिङमार सिङ्गि तामाङलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरी चौकी हाकुले जनाएको छ । प्रहरीले सिंह बहादुरलाई खुकुरी सहित पक्राउ गरेको हो ।

घाइते मिङमारको ग्राण्डी अस्पताल धापासी काठमाडौंमा उपचार भइरहेको छ । उनकाे अवस्था गम्भीर रहेकाे छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।