१२ माघ, एजेन्सी । प्रेम सम्बन्धमा कैयौंपटक प्रेमीप्रेमीकाबीच मनमुटाव हुनसक्छ । यसरी मनमुटाव आउँदा प्रायजसो केटाहरुले नै आफ्नी प्रेमीकलाई फकाएको देखिन्छ । तर आज हामी मनमुटाव हुँदा प्रेमीलाई कसरी फकाउने भन्नेबारेमा जानकारी दिन गइरहेका छौं । यसको लागि केही खास तरिकाहरु अपनाउनुपर्ने हुन्छ ।

केटाहरुले प्राय आफ्नो मनका कुराहरु दबाएर राख्नेगर्छन् । यस्तो अवस्थामा तपाईंले आफ्नो पार्टनरलाई मुड खराब हुनुको कारणबारे सोध्नुहोस् । यदि तपाईंले प्रेमी रिसाएको कराण थाहा पाउनुभयो भने सजिलैसँग समाधान निकाल्न सकिन्छ ।

यस्तो अवस्थामा तपाईंले सरप्राइज दिन सक्नुहुन्छ । यसको लागि केही उपहार ल्याइदिने वा केही विशेष कुराहरु तयार गर्न सकिन्छ । यतिमात्र होइन तपाईं प्रेमीलाई मनपर्ने कपडा लगाएर तयार हुँदा पनि उनको मुड केही फ्रेस हुन्छ । यी कुराहरु राम्रो लागेको खण्डमा प्रेमी सहजै सामान्य अवस्थामा आउन सक्छ ।

प्रायजसो केटाहरु केटीलाई चकलेट वा फूल उपहार दिने गर्छन् तर यस्ता कुराहरु केटाहरुलाई पनि एकदमै मनपर्छ । यदि तपाईंको प्रेमी रिसाएमा उनलाई चकलेट उपहार दिन सकिन्छ । भनिन्छ गुलियो खानाले मुड ठिक हुन्छ ।

रिसाएको प्रेमीलाई फकाउन उनलाई मनपर्ने खाना बनाउन सकिन्छ । भनिन्छ केटाहरुको खुसीको बाटो उनको पेट भएर जाने गर्छ । यदि प्रेमीलाई मिठो खाना बनाएर खुवाउँदा उनको मुड ठिक हुने सम्भावना हुन्छ ।