मौसम परिवर्तन हुँदैछ। रुघा-खोकी सहजै फैलिन सक्छ। अझ बच्चाहरु बढी रुघाग्रस्त हुने गर्छन्। रुघाको लागि जति औषधी सेवन गरिन्छ, त्यति नै यसले पछिसम्म सताइरहन्छ। तर जति नै औषधी खाएपछि एक निश्चित समय नआएसम्म रुघा सञ्चो भइहाल्दैन। त्यसैले सबैभन्दा उत्तम उपाय नै खानेकुरामा ध्यान दिने हो।

तरल खानेकुराः रुघा विरुद्ध हतियार

जब रुघा लाग्छ, तब शरिर त्यसविरुद्ध लड्न थाल्छ। त्यसैले यो बखत शरिरलाई पर्याप्त क्यालोरी भएका खानेकुरा जरुरी हुन्छ, ताकी मेटाबोलिजम उच्च राख्न सहयोग पुगोस् र रुघा चाडै सञ्चो होस्।

रुघाको असर कम गर्ने सबैभन्दा पुरानो उपाय हो, शरिरमा पानीको मात्रा कम हुन नदिने। पर्याप्त तरल पदार्थ पिउने। पसिनाबाट गइरहेको पानीको मात्रा चिसो वा तातो तरल पदार्थ सेवनले शरिमा परिपूर्ति गर्छ। सुप लगायतका तातो चिज पिउँदा नाकमा सिंगान जम्न कम हुन्छ, खकार, सिगांन पातलको बनाउँछ, घाँटी र स्वासनली थुनिन पाउँदैन। सिगांन जति पातलो हुन्छ, त्यति नै बाहिर निकाल्न सजिलो हुन्छ।

रुघाले स्वासनलीको माथील्लो भाग देखि नाकसम्मको बाटो सुख्खा बनाउँछ। तातो पदार्थ सेवन गर्दा यो क्षेत्रको आद्रता कायम रहन्छ। साथै घाँटीमा भएको असर पनि कम गराउँछ।

के खाने?

रुघाको भाइरस विरुद्ध लड्न यो समय पर्याप्त पोषिलो खानेकुरा जरुरी हुन्छ। यहाँ केही टिप्सहरु छन।

१. पर्याप्त प्रोटिन भएका खानेकुराहरु खानुस्। जस्तै उसिनेको अण्डा, सुप, मासुको झोल, तरकारी आदी। गाँजर, सुन्तला जस्ता फलफुलले पनि प्रोटिन, ओमेगा ३ फ्याटी एसिड, भिटामिन ए, सी, इ, आइरनको परिपूर्ती गर्छ जसले शरिरको रोग प्रतिरोध क्षमता बलियो बनाउन मद्धत गर्छ।

२. फलफुलको जुस लगायत हरिया तरकारीहरु खानुस्। यसमा हुने एन्टीअक्सिडेन्टहरुले रुघाको भाइरसविरुद्ध लड्न मद्धत गर्छ।

३. भिटामिन सी पाइने फलफुल खानुस्। स्ट्रबेरी, सुन्तला, किवी भिटामिन सी को राम्रो स्रोत हो।

४. पर्याप्त चिया पिउनुस्। मह, अदुवा, बेसार राखेर पिउनुस्। अझ ग्री-टि सबैभन्दा उपयुक्त हुन्छ।

५. महले रुघा घटाउने काम गर्छ। तुलसीको पातको जुस र बेसारमा बिसाएर एक चम्मा मह बिहान बेलुका खानेगर्नुस्। यो निकै पुरानो उपाय हो। नयाँ अध्ययनहरुले पनि यसको सेवन निकै फलदायी हुने देखाएको छ।

घाम

बिहानको सूर्यको प्रकाशमा बस्नुस्। यसको तातोको मज्जा मात्र होइन, शरिरलाई चाहिने भिटामिन डीको झण्डै ८० प्रतिशत बिहानको सूर्यको प्रकाशमा बस्नाले पाइन्छ। भिटामिन डी ले हाडको स्वास्थ्य ठिक राख्ने मात्र होइन रोग प्रतिरोध क्षमता बढाउने, हर्मोन ब्यालेन्स गर्ने, मुड ठिक राख्ने आदि गर्दछ।