१२ साउन, एजेन्सी ।

रुसको चर्चित सञ्चार माध्यम स्पुतनिक न्यूजले नेपालमा हुन लागेको सरकार परिवर्तनमा भारतको भूमिका रहेको तर अव चीनको प्रभाव पनि नघट्ने भन्दै हेडलाइन समाचार प्रकाशित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनले भारतलाई केही खेल्ने ठाउँ प्राप्त भएपनि अव चीन पनि आफूले दुःखले प्राप्त गरेको प्रभाव गुमाउने पक्षमा नरहेको स्पुतनिकको अनलाइन संस्करणले जनाएको छ ।

Oli Sputanik news

चीन निकट मानिएका ओलीले भारत निकटका नेतालाई सरकारमा आउने बाटो खोलेको जनाउँदै उक्त समाचार माध्यमले नेपालमा सरकार परिवर्तन भारतले नै गराएको समेत भनिएको छ ।

भारतीय सीमामा चिनियाँ सेना, चेतावनीपछि भारतीय सैन्य टोली डरायो

सरकार भारतले ढालेपनि नेपालमा पैदा हुने अस्थिरताका कारण चीनलाई पनि आफ्नो प्रभाव विस्तार गर्न र समर्थकहरु बढाउन स्पेस पैदा हुने स्पुतनिकको निष्कर्ष छ ।

६ महिनाको अवधिमा प्रचण्ड कसरी भारततर्फ मोडिए !

नेपालमा पैदा भएको नयाँ वास्तविकताबारे भारतले बुझ्नु पर्ने भन्दै उक्त समाचार माध्यमले नयाँ सरकार भारत निकट नै भएपनि चीनसँगको ब्यापारिक साझेदारीमा भारतका चिन्ता समाधान नहुने भनेको छ ।

तीन ‘मन्त्री’को ‘एग्रिमो’ आयो अरुको नाम नेपालमै तय गर्न छुट!

प्रचण्ड भारत निकट रहेपनि उनको सम्बन्ध चीनसँग पनि राम्रो रहेका कारण चीनले प्रचण्डलाई आफ्नो प्रभाव कायम राख्न उपयोग गर्ने स्पतनिकको निष्कर्ष देखिन्छ । नेपालमा भारत भन्दा चीनप्रति जनताको धारणा सकारात्मक रहेको समेत स्पुतनिकले लेखेको छ ।