१८ मंसिर, कायरो ।

इजिप्टको राजधानी कायरोस्थित एक रेष्टुरेन्टमा आग्नि बम प्रहार हुँदा कम्तिमा १८ जनाको ज्यान गएको छ ।

कायरोस्थित रेष्टुरेन्टमा मास्क लगाएर आएका ब्यक्तिले बम हानेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

firebom in egypt restaurant 1

बम आक्रमणमा रेष्टुरेन्टमा काम गर्ने पूर्व कर्मचारी रहेको अनुमान गरिएको छ । उनलाई रेष्टुरेन्टले केही दिन अघि निस्कासन गरेको समेत समाचारमा उल्लेख छ ।

firebom in egypt restaurant

इजिप्ट आउँदै गरेको रुसी जेट इस्लामिक स्टेटले खसालेपछि त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।