कलाकारले क्यामेराको अगाडी दिएको रोमान्टिक सिन आफ्नै परिवारसंग बसेर हेर्लान् ? अश्लील र नग्न दृश्यको हालिमुहाली भइसकेको हलिउड र बलिउडका फिल्म तथा टेलिसिरियलमा रोमान्टिक दृश्य नपच्ने कुरै भएन। तर यी नायिकाले भने आफ्ना रोमान्टिक दृश्य परिवारलाइ नहेर्न आग्रह गरेकी छिन्।

shrenu parikh 10462907

भारतीय सिरियल ‘एक भ्रमः सर्वगुण सम्पन्न’मा प्रमुख नायिका श्रेणू पारिख डिजिटल प्लेटफर्ममा डेब्यु गर्न चाहन्छिन्। चाहना हुँदाहुँदै पनि उनी रोकिएकी छिन्। उनी भन्छिन्, ‘म डिजिटल स्पेसमा बोल्ड कन्टेन्टको लागि तयार छैन’। यस्ता दृश्यको सुटिङमा आफु सहज भएको बताउँछिन्।

त्यसो त सिरियलमा रोमान्टिक सिन सुट गरेपछि आफ्ना आमाबुबालाई सो इपिसोड नहेर्न भन्ने गरेकी छिन्। रोमान्टिक सिन सुट गर्दा उनका पिताले ‘यस्तो गर्नु हुँदैन’ भन्दै सम्झाएका रहेछन्। उनलाई अनौठो महसुस भयो अनि रोमान्टिक सिनको कुरा नगर्न बुवासंग आग्रह गरिन।

अहिले उनको आग्रहमा परिवारले उनको रोमान्टिक सिन नहेरेको बताउँछिन्।

सन् २०११ मा सिरियल ‘हवन’बाट आफ्नो टिभी करिअर सुरु गरेकी श्रेणुले ‘ब्याह हमारी बहू का’, ‘इस प्यार को क्या नाम दूँ’, ‘एक बार फिर’, ‘दिल बोले ओबरोय’, ‘इश्कबाज’ जस्ता सिरियलमा काम गरिसकेकी छिन्।