६ मंसिर, रौतहट । १२ वर्षअघि रौतहटमा बमकाण्ड र जिउदै मान्छेलाई ईट्टाभट्टामा हालेर मारेको अभियोगमा पूर्वसांसद मोहमद अफताव आलम यतिखेर ललितपुरस्थित नक्खु कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

यसअघि पनि रौतहटमा आतंक सिर्जना गरेका आलम पक्षधर केही व्यक्तिहरुले भारतीय सुटरहरुलाई भाडामा लिएर प्रयोग गर्दै अझै पनि रौतहटमा आतंक मच्चाउन नछाडेको समाचार बाहिर आइरहेका छन् । बमकाण्डमा आफ्नो छोरा मारिएको भन्दै आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका श्रीनारायण सिंहको सुरक्षाका लागि रौतहट प्रहरीले प्रहरी हवल्दार खटाएको छ । उनले २४ सै घण्टा सिंहको सुरक्षा दिँदै आएका छन् ।

गुण्डागर्दी शैलीमा मान्छेलाई थर्काउने गरेको रौतहटमा प्रहरीले पक्राउ गर्दा आलमले अब रौतहटमा आगो बल्छ भनेर प्रहरीको अघि नै बताएको कुराले नि छर्लंग पार्छ । उनले आफूलाई पक्राउ गरेकोमा डिएसपी नविन कार्की र एसपी भुपेन्द्र खत्रीलाई हत्कडी लगाउनेसम्मको धम्की दिएका थिए ।

प्रहरी अधिकारीमाथि नै त्यस्तो दागा धर्न सक्ने आलमले अरु सर्व साधारणलाई झन के छोड्लान । सोही कारण आलम पक्षले डर, त्रास, धम्की र अनुचित प्रलोभनमा पार्न सक्ने भन्दै सुरक्षाको माग गर्दै जाहेरवालाको निवेदन परेपछि जिल्ला अदालत रौतहटले मुलकी फौजदारी कार्यविधि संहिता २०७४ को ११४ (२) र मुलुकी फौजदारी कार्यविधि २०७५ को नियम ६१ बमोजिम पीडित, जाहेरवाला, साक्षीको उचित व्यवस्थापन गर्न आदेश दिएको थियो । आलम पक्षले डर, त्रास, धम्की र अनुचित प्रलोभनमा पार्न सक्ने भन्दै सुरक्षाको मागगर्दै जाहेरवालाको निवेदन परेपछि जिल्ला अदालत रौतहटले मुलकी फौजदारी कार्यविधि संहिता २०७४ को ११४ (२) र मुलुकी फौजदारी कार्यविधि २०७५ को नियम ६१ बमोजिम पीडित, जाहेरवाला, साक्षीको उचित व्यवस्थापन गर्न आदेश दिएको थियो ।

यसरी जाहेरी दिनेमध्ये सिंहलाई बढी सुरक्षा थ्रेट देखिएकाले प्रहरी खटाइएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् । अर्का जाहेरवाला रोक्सना खातुनको ०६७ माघ १० गते हत्या भइसकेको छ । खातुनको हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन । सिंह परिवारको सुरक्षाका लागि नजिकैको चौकीबाट समेत प्रहरी खटिने गरेका छन् । बम बिस्फोटका घाइते भनिएका सर्लाही जिल्ला गडैता–२ पिपरातटोलका सफि अहमद तथा भारतको बिहार राज्यस्थित बैरगनिया मुसाचौकका गौरीशंकर रामलाई पनि प्रहरीले सुरक्षा दिएको छ । अहमद र रामले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । उनीहरूलाई प्रहरीले आफ्नो सेल्टरमा सुरक्षा दिएको छ ।

आलममाथि थुनछेक बहस चलिरहँदा रामलाई घरबाट लगेर चारदिनसम्म बन्धक बनाइ स्टोभ पड्केर घाइते भएको भन्ने व्यहोराको कागजमा हस्ताक्षर गर्न लगाएका थिए । यसरी रामले अदालतमा बम पड्केर आफू घाइते नभएको व्यहोराको निवेदन अदालतमा बुझाएका थिए । राम एउटा पात्र मात्र हो । आलमको आतंक यति छ कि भनेर साध्य नै छैन । पहिला राणाकालिन अवस्थामा कसैले खिलापमा बोल्योभने तुरुन्त सजाय भोग्नुपथ्र्यो । अहिले आलमले पनि त्यहि नियति भोगाउँछन् त्यहाँको जनतालाई ।

लामो समय एकछत्र राज गरेर मन्त्री समेत भईसकेका आलमले त्यहाँको जनताले उनी बिरुघ बोल्यो कि पोल्योको अवस्था छ । आलम जेलमा रहेपछि उनीपक्षकाले आतंक फैलाउन अझै छाडको छैन राजापुरका एक स्थानीयको गुनासो छ ।