१२ चैत, काठमाडौं । लकडाउनको दोस्रो दिन काठमाडौंको अवस्था पनि समान्य रहेको पाइएको छ । बजारमा मानिसको चहलपहल छैन, सडकमा कुनै पनि सवारी साधनको आवतजावत छैन । सडकमा प्रहरीको तैनाथी छ । दूधको गाडी र सञ्चारकर्मीको सवारी साधन फाटफुट चलेको पाइयो ।

बजार सुनसान छ भने अति आवश्यक औषधि पसल भने खुला छन् । विराटनगरको गुद्रीमा सामान्य अवस्थामा देखिने भीड लकडाउनपछि सुनसान छ । ठूला डिपार्टमेन्ट स्टोर, भाटभटेनी, आरके सेन्टर र सिटीमलदेखि स–साना पसल पनि बन्द छन् । बाहिर निस्किएका केही मानिसहरुलाई प्रहरीले सम्झाई बुझाई फर्काएको छ ।