२१ कात्तिक, काठमाडौं । लगातार तीनदिनदेखि घटिरहेको सुनको मूल्य साताको पाँचौं दिन बढेको छ । बिहीबार सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सूनको मूल्य प्रतितोला ७० हजार ३ सय रहेको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँमा कायम भएको छ ।

यसअघि बुधबार सुनको छापावाल सुन प्रतितोला ७० हजार २ सय, तेजाबी सुन प्रतितोला ६९ हजार ९ सय र चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएका थियो ।