२० साउन, एजेन्सी।

लण्डनमा एक व्यक्तिले अन्धाधुन्द चक्कु प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् । मध्य लण्डनको रस्सेल स्क्वायरमा भएको घटनामा एक महिलाको मृत्यु भएको हो ।

प्रचण्डले के के गर्नु पर्छ? नयाँ शक्तिले दियो सुझाव

तीन जना पुरुष र दुई महिला घाईते भएका छन् । घटनामा संलग्न १९ वर्षिय युवकलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । आक्रमणकारीको प्रहरी निगरानीमा उपचार भईरहेको छ । प्रत्यक्षदर्शीका अनुसार ति युवकले एक महिलालाई लखेटेर आक्रमण गरेपछि आसपासमा रहेका अरु मानिसमाथि चक्कु प्रहार गरेका थिए ।

आज प्रधानमन्त्री प्रचण्डले गर्ने ५ काम

प्रहरीले ति युवक मानसिक रुपमा अस्वस्थ रहेको बताएपनि घटना आतंकवादबाट प्रेरित भई गराएको हुनसक्ने संभावनाबारे पनि अनुसन्धान भईरहेको जनाएको छ । घटनापछि रस्सेल स्क्वायर आसपासमा सुरक्षा सतर्कता उच्च पारिएको छ । रस्सेल स्क्वायर लण्डनको व्यस्त पर्यटकीय क्षेत्र हो ।