२६ भदौ, एजेन्सी । भारत चीन सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच धक्कामुक्की भएको छ । १ सय ३४ किलोमिटर लामो पैंगोग झीलको उत्तरी किनारामा दुई देशका सैनिक बीच लामो समयसम्म धक्का मुक्की चलेको बीबीसीले जनाएको छ ।

साँझ अवेरसम्म संघर्ष चलेपछि दुवै देशले आफ्ना सैनिकको तैनाथी बढाएका समाचारमा उल्लेख छ । चीनले अरुणाञ्चल प्रदेशको दक्षिण तिब्बतको हिस्सा भन्दै आएको छ । गएको फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाञ्चल प्रदेशको भ्रमणका क्रममा पनि उसले आपत्ति जनाएको थियो ।

यस्तैगरी सन् २०१७ मा सिक्किसँग जोडिएको चिनियाँ सीमा क्षेत्रमा भारत र चीनबीच डोकलाम विवादलाई लिएर गतिरोध पैदा भएको थियो । लद्दाखमा भएको धक्कामुक्कीले दुई देशबीच थप तनाव उत्पन्न हुने विश्लेषण गरिएको छ ।