१६ कात्तिक, ललितपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं १ मा उदयशम्शेर राणा, २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्यले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए । यसैगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसालले मनोनयन दर्ता गराएका छन । यस्तै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट क्षेत्र नं १ मा दीपक लामा, २ मा रत्न महर्जन र ३ मा दलबहादुर लिम्बूले मनोनयन दर्ता गरेका छन ।

प्रदेशसभाका लागि काँग्रेसबाट क्षेत्र नं १ (क) मा ऋषिराम घिमिरे र (ख) मा मीनकृष्ण महर्जन, क्षेत्र नं २ (क) मा पवनविक्रम थापा र खमा पे्रमकृष्ण महर्जन तथा क्षेत्र नं ३ (क) मा नवराज महत र खमा शिवराम बानियाँले मनोनयन दर्ता गराएका छन । यसैगरी वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ (क) मा सुशीला पुन र खमा चेतनाथ सञ्जेल, क्षेत्र नं २ (क) मा माधव पौडेल र खमा ज्ञानेन्द्र शाक्य तथा क्षेत्र नं ३ (क)मा राजकाजी महर्जन र खमा जीवन खड्काले मनोनयन दर्ता गराएका छन ।