२१ बैशाख, काठमाडौं।

बिहिबार राजधानीमा एक कार्यक्रमका बीच कलिउड फिल्म ‘लालटिन’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राइ तथा अभिनेत्री प्रियंका कार्की अभिनित ट्रेलरलाई युट्युबमा पनि सार्वजनिक गरिएको छ ।

फिल्मको मुख्य भूमिकामा रहेको भनिएकी अभिनेत्री केकी अधिकारीलाई ट्रेलरमा सस्पेन्स राखिएको छ । जेठ २६ का दिन प्रदर्शन मिति तय गरेको फिल्मको ‘चमेली’ बोलको गीतमा प्रियंका कार्की निक्कै हट देखिएकी छिन् ।

शंकर पाण्डेले प्रोडक्सन म्यानेज गरेका ‘लालटिन’मा राज केसी, अनिम श्रेष्ठ र भानुप्रतापको पनि अभिनय रहेको छ ।  फिल्ममा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।