१८ भदौ, एजेन्सी । आजकल मानिस आफ्नो शोख पुरा गर्न जस्तोसुकै अपराध गर्न पनि पछि हट्दैनन् । युपी पुलिसले टिकटकमा शाहरुख खानको नामबाट परिचित एक टिकटक स्टारलाई नियन्त्रण गरेको छ ।

यी आरोपीको टिकटमा ४० हजारभन्दा बढी फलोअर्स छन् । मोबाइल र रकम लुटको आरोपमा ग्रेटर नोयडा प्रहरीले टिकटकमा शाहरुख खान भनी चर्चित बनेकासहित ४ जना लुटेराहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शाहरुख यो समूहका लिडर हुन् ।

पछिल्लो समय नोयडामा बाइकमा चढेका लुटेराहरुले हिड्दै गरेका मानिसहरुको सुन, मोबाइल र पैसा लुट्ने गरेका छन् । यस्तो घटना बढेपछि प्रहरीले सतर्कता बढाएको छ ।