काठमाडौं, ४ जेठ । २५ सय ६३ औं बुद्ध जयन्ती । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सिद्धार्थ गौतम बुद्धको वैशाख शुक्ल पूर्णिमाका दिन जन्म भएको, यसै तिथिमा बुद्धत्व प्राप्ति भएको र महापरिनिर्वाण प्राप्त गरेको दिन परेकाले वैशाख पूर्णिमालाई विशेष दिनका रुपमा मनाउने गरिन्छ ।

बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेकी छिन् । शुक्रबार बेलुकै लुम्बिनी पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार विहानैदेखि विभिन्न कार्यक्रममा व्यस्त रहे । (हेर्नुस् फोटो)

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरिँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ तथा २५६३ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीकोे दिन शनिबार लुम्बिनीमा चिनियाँ टोलीले ल्याएको ड्राईगनमा पेन्ट गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीकोे दिन शनिबार लुम्बिनीमा शान्ति दीप बोकेर र्यालीमा सहभागी हुँदै ।
लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ तथा २५६३औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागीहरु ।
शान्ति र्यालीमा प्रधानमन्त्री के.पी शर्मा ओलीलगायत ।

तस्वीरहरुः रासस