१९ फागुन, एजेन्सी । भारतीय फिल्म सुर्यबंशीको ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट १५ सेकेन्डको ट्रेलरमा सुरु र अन्त्यमा नेपाल प्रहरी संचार सेट (वाकीटकी) को आवाज सुन्न सकिन्छ ।

ट्रेलरको सुरुमा नै पुलिश कार्यालय (कन्ट्रो) लाई इको कलसाइनले कल गरेर ट्रेलर सुरु भएको छ भने अन्त्यतिर ४ मिनेट ५ सेकेन्डमा पुनः कल गर्दै हाम्रो पेट्रोलिङ भ्यान इन भयो ‘रोजर’ लेकसाइड नर्मल छ है, भनेर सकिएको छ । यसले के अनुमान गर्न सकिन्छ भने, फिल्मको बिषयबस्तु नेपालसंग जोडिएको छ ।

भारतीय फिल्मले नेपाल चित्रण गर्दा अधिकांस फिल्ममा आतंककारी लुक्ने स्थान भनेर चित्रण गरेको पाइन्छ । पछिलो उदाहरण अर्जुन कपूरको इन्डियाज मस्ट वान्टेडलाई लिन सकिन्छ । उक्त फिल्ममा आतंककारी लुक्ने स्थान नेपाललाई भनिएको छ । त्यस्तै यस फिल्ममा अधिकांश छायांकन नेपालका बिभिन्न स्थानमा गरिएको छ ।