२६ बैशाख, काठमाडौं ।

नेपाल लोकतान्त्रिक फोरमबाट सरकारमा प्रतिनिधित्व गर्ने तीन राज्य मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा आयोजित औपचारिक समारोहमा राज्य मन्त्रीहरुले सपथ लिएका हुन् । नवनियुक्त राज्य मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ गराए ।

सपथ लिने राज्य मन्त्रीहरुमा भूमिसुधार तथा व्यवस्था राज्य मन्त्रीमा यशोदाकुमारी लामा, संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रीमा जनकराज चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीमा सुमित्रा थरुनी छन् ।