टिप्पणी/प्रयास पराजुली ।

अख्तियार प्रमुख लोकमान सिंह कार्की कप प्रतिगोगिता हिजोबाट संसदमा सुरु भएको छ । रेफ्रिको भूमिकामा रहेकी सभामुख ओनसरी घर्तीले खेल सुरु भएको औपचारिक घोषणा गरिसकेकी छिन् । मैदानमा लोकमानलाई हराउन हुटिङ मात्र होइन नारा जुलुस नै सुरु भएको छ ।

ओलीले देउवालाई भने- “महाअभियोगमा साथ दिनुस् नत्र प्रचण्डलाई हामी…

लोकमानलाई हटाउने विधि र विधान छ । सोही प्रक्रिया अनुसार संसदमा महाअभियोग प्रस्ताव अगाडि बढ्छ । महाअभियोग प्रस्तावको बारेमा छलफल गर्न संसदले महाअभियोग सिफारिस समिति पनि गठन गरिसकेको छ । तर राजनीतिक दलहरुको बीचमा भने सरकार नै परिवर्तन हुन लागेजसरी कोकोहोलो मच्चिएको छ ।

lokman-at-parlimanentry-committee

घरमा होस कि दोभाटोमा होस वा चोकमा होस । चर्चा लोकमानकै छ । चिया पसलमा लोकमानकै बहस छ । सडकदेखि सदनसम्म लोकमान सर्वत्र छाएका छन् । लोकमान रहलान वा नरहला केही समयपछि निर्णय होला तर लोकमानको चर्चा परिचर्चाले सीमा नाघेको छ । अख्तियार प्रमुख कार्की नियम कानुन अनुसार नै संवैधानिक निकायको प्रमुख भएका हुन् । उनलाई हटाउदा पनि नियम कानुनकै प्रयोग भएको छ । तर यति धेरै बहस छलफल भएको छ कि मानौ लोकमान राजा ज्ञानेन्द्रजस्तै हुन । उनलाई हटाउन सजिलो छैन ।

प्रचण्ड–ओली गोल हाल्न मैदानमा
प्रचण्डले दुई महिना अघि प्रधानमन्त्री बन्ने बेलमा भनेका थिए–राजनीति सम्भावनाको खेल हो । सरकार गठन भएपछि बोलचाल नै बन्दको अवस्थामा रहेका प्रचण्ड ओलीबीच कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि भेटघाट बाक्लिदै गएको छ । महाभियोग प्रस्ताव दर्ता भएपछि दुई पटक औपचारिक भेटघाट गरेका प्रचण्ड ओली यो प्रस्तावलाई कुनै पनि हालतमा सफल पार्ने प्रतिबद्धता व्यक्त गरेर अगाडि बढ्का छन् ।

kp oli prachanda full

ओलीले सत्तागठबन्धनै धर्मराउने गरी सेन्टरबाटै गोल हानेका थिए । गोलसँगै निकै अपठ्यारोमा परेका प्रचण्डले फाइनल खेलमा ओलीलाई साथ दिने निधो गरे । फेमी फाइनलमा ओलीले गोल गरिसकेका छन् । फाइनलमा खेलमा प्रचण्डले खेल्ने प्रतिबद्धता जनाएका छन् । दर्शकदिर्घाबाट बढ्दो तालीसँगै खेलको रौनकता बढ्दै गएका छ । लोकमानलाई जसरी पनि हराउने रणनीति अनुसार प्रचण्ड ओली खेल मैदानमा उत्रिसकेका छन् ।

खेल मैदानमा देउवाकै प्रतिक्षा
जति नै राम्रो खेल प्रर्दशन गरेपनि जबसम्म गोल हुँदैन तबसम्म जित हुँदैन । फुटबल खेलमा विजता हुन गोल हान्नु नै पर्छ । गोल हान्ने नै पदक जित्छ । तक्का लाउछ । हार्नेले खेल स्वीकार गर्नुपर्छ । खेलको नियम नै यस्तै छ । लोकमान विरुद्ध हुने खेलको लागि प्रचण्ड र देउवा खेल मैदानमा ओर्लिसकेका छन् ।

kp oli prachanda sher bahadur full

किपर भूमिका ओली देखिएका छन् भन ब्याकवाटको भूमिकामा प्रचण्ड तयारी अवस्थामा तयारी गरिरहेका छन् । अब लोकमान विरुद्ध हुने खेलको गोलकर्ता कांग्रेस सभापति देउवाकै प्रतिक्षामा दशर्कदिर्घा बसिरहेका छन् । देउवाको भूमिका नै निर्णायक देखिएको छ । देउवाको अनुपस्थितिमा कार्की विरुद्धको खेल जित्ने सम्भवना हुँदैन । गोल स्ट्राइकरको भूमिकामा रहेका देउवा नै खेलका आर्कषण हुन् । देउवालाई खेलमा सहभागी हुने/नहुने दबाब टिमभित्र परेका छन् । देउवाले के निर्णय गरेर खेल मैदानमा आउछन आम मानिसहरुको चासो र चिन्ताको विषय बन्न पुगेको छ ।

हारेको मानसिकतामा कार्की
महाअभियोग प्रस्ताव संसदमा दर्ता भएसँगै अख्तियार प्रमुख कार्की स्वतः निलम्बित भएका छन् । यस्तो परिणाम सायद कार्कीको लागि कुनै फिल्मी घटना भन्दा कम लागेको छैन् । कार्की संवैधानिक निकायका प्रमुख हुन् । कार्कीले आफू देशको संविधान र कानुन अनुसार नियुक्त भएको कुरा विर्सिए । संविधान र कानुन भन्दा माथि आफू हुँ भन्ने दम्भ र घमण्डको उन्माद सायद महाअभियोग प्रस्तावमा देखियो । कार्कीले सर्वोच्च निकाय संसदलाई गन्दै गनेनन । सर्वोच्च अदालतलाई टेर्दै टेरेनन । संसद अन्र्तगतको समितिले बोलाउदा खुल्ला चुनौती नै दिए ।

यी हुन् कैदीलाई डरलाग्दा यातना दिइने संसारका देश (फिचर)

अति गर्नु अत्याचार नगर्नु भनेझै कार्कीले पनि पदिय दायित्व र कर्तव्य भुल्दै समानान्तर सरकारको अभ्यास गरे । २०७० वैशाख २५ गते तीन दलको सिफारिसमा जनआन्दोलनको दोषीमा सिफारिस भएका कार्कीलाई खिलराज रेग्मी नेतृत्वको मन्त्रीपरिषदले अख्तियार प्रमुखमा नियुक्ति गरेको थियो । यस बीचमा जनताको मन जित्ने गरी कार्कीले एउटा पनि उदाहरणीय काम गर्न सकेनन । अहिले कार्की हारको मानसिकतामा छन् । हार्ने निश्चित भएपछि कार्की खेल खेल्नु अघि नै मैदानबाट बाहिरिने सम्भावना पनि उत्तिकै रहेको छ ।