एजेन्सी । भारतमा लोकसभा चुनावको परिणाम आइरहँदा केही रोचक घटना पनि भएका छन् । पञ्जावको जालन्धरमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले जम्मा ८ सय ४० भोट ल्याए ।

यतिमा मात्रै त खासै केही थिएन । तव उनले थाहा पाए आफ्नै परिवारका सदस्यले पनि भोट नदिएको भनेर त्यपछि डाँको छोडर रोए । निटु सटरवालाको नामले परिचित उनले परिवारका ९ सदस्यमध्ये आफूलाई पाँच जनाले मात्रै मोट हालेको बताए । कसमा खाएर पनि उनीहरुले भोट दिएनन्, उनले भने, माता चिन्पूर्णीको कसम खाएर पनि मलाई धोका भयो ।

उनी परिवारका सदस्यले गरेको बदमासी सम्झिएर रोएका हुन् । उनले अबदेखि कहिल्यै चुनाव नलड्ने कसमा पनि खाएका भारती संचारमाध्यामले उल्लेख गरेका छन् ।