एजेन्सी । भारतमा विभिन्न चरणमा भएका लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ ।

५ सय ४२ सिटका लागि भएको मतदानको मतगणना बिहीबार विहान सुरु भएको थियो । शुक्रबार दिउँसो आएको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ एनडीए गठबन्धनले ३ सय ५२ र प्रतिपक्षी युपीए गठबन्धनले ९२ सिट जितेको छ ।

पहिलो पटक एनडीए गठबन्धनको भारतीय जनता पार्टी (भाजपा) एक्लैले ३ सय भन्दा बढी सिट जितेको छ । उ एक्लैले ३ सय ३ सिट हात पारेको हो जुन सन् २०१४ मा भएको अघिल्लो चुनावभन्दा २१ सिट बढी हो । काँग्रेस एक्लैले ५२ सिट जितेको छ जुन अघिल्लो चुनावभन्दा ८ सिट बढी हो । तृणमुल काँग्रेस र वाइएसआरसीले समान २२-२२ , समाजवादी र बहुजन समाजवादी पार्टीले १५ सिट जितेको छ भने अन्य दलले ३५ सिट जितेका छन् । नतिजा आएसँगै भारतका विभिन्न शहरमा बिजयोत्सवको उल्लास छाएको भारतीय संचारमाध्यामले जनाएका छन् ।