काठमाडौं, २९ जेठ । लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेन ।

अधिवक्ता विकास ठाकुरले लोक सेवा आयोग केन्द्रीय कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्चले दुवै पक्षलाई बुझ्नुपर्ने भन्दै छलफलका लागि बोलाएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले संवेदनशील विषय भएकाले पक्ष विपक्षलाई असार ३ गते छलफलका लागि बोलाएको हो ।

बुधबार निवेदक ठाकुरका तर्फबाट ७ जना अधिवक्ताले बहस गरेका थिए । अधिवक्ता ठाकुरले स्थानीय तहमा कर्मचारी पदपूर्तीका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्ध गर्न माग गर्दै रिट दायर गरेका थिए ।