२१ असोज, काठमाडौं । प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा र किशोरी महत्तो नेतृत्वको लोक कल्याणकारी जनता पार्टी नेपालबिच एकता हुने भएको छ ।

दुई पार्टीबिच आईतबार एक कार्यक्रमका बिच एकता हुन लागेको हो । त्यस्तै सोही कार्यक्रममा दुईपार्टीसंग नेपाल समतापार्टी, शिव सेना , राष्ट्रीय एकता पार्टी सहित ३३ दलिय मोर्चाबिच पनि एकीकरण हुने बताइएको छ ।

एकीकृत राप्रपाका अध्यक्ष लोहनी र लोक कल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष महत्तोले बिभिन्न दलबिच ध्रविकरण भईरहेको अबस्थामा निर्वाचनलाई मध्यनजर गर्दे र संबिधान कार्यान्वयनको दिशमा अघि बढ्न पार्टी एकीकरण हुन लागेको बताए । पछिल्लो समय मुलकका ठूला दलले गठबन्धन बनाएपछि साना दलहरु पनि एकता गर्दे निर्वाचनमा होमिन लागेका छन् ।