१८ कात्तिक, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको तीस हजारी अदालतमा भएको हिंसाको विरोधमा आज त्यहाँका वकिलहरुले हड्ताल गरेका छन् ।

यसैबीच दिल्लीकै अर्को अदातलमा भने प्रहरी र वकिलहरुबीच झडप भएको छ । वकिलले एक प्रहरी अधिकारी कुटेपटि त्यहाँको माहोल झन बिग्रिएको छ । विवाद बढ्दै गएपछि उनीहरुबीच झडपका स्थिति सिर्जना भएको थियो । वकिलहरुको पिटाइबाट प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् ।

तीस हजारी काण्डपछि दिल्लीको अदालतमा प्रहरी र वकिलहरुबीचमो दुरी बढ्दै गइरहेको छ । शनिबार भएको वकिल र प्रहरीको विवादपछि आज पहिलोपटक तीस हजारी अदालत खुलेको हो । उसो त वकिलहरुले आजको हड्तालको कार्यक्रम शनिबार नै घोषणा गरेका थिए । त्यहाँ अझैपनि झडप हुनसक्ने भन्दै ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले शनिबार कुटिएका प्रहरी अधिकारीलाई अदालत क्षेत्रको सुरक्षामा लगाएको छ्र्रैन ।

अदालतमा शनिबार वकिल र प्रहरीबीच भएको झडपपछि दिल्ली प्रहरीले उत्तरी दिल्लीको विशेष प्रहरी आयुक्त संजय सिंहलाई हटाएको छ । दक्षिण दिल्लीको विशेष प्रहरी आयुक्त आरएस कृष्णैयालाई उत्तरी दिल्लीको अतिरिक्त प्रभार दिइएको छ ।