२ असोज, काठमाडौं।

रिलिज हुनु अगाडी नै निकै चर्चा बटुलेको चलचित्र ‘वडा नं ६’ असोज १ मा रिलिज भएपछि आफ्नो चर्चा अझै चुलाउन सफल भएको छ।

हिजो शुक्रबार रिलिज भएको यो फिल्मले पहिलो दिननै २७ करोड कमाउन सफल भएको फिल्मका निर्माता तथा कलाकार दिपराज गिरीले नेपालीहेडलाइन्सलाई बताएका छन्। यो रकम ‘मल्टीपेल्क्स’ बाहेकको संकलन हो। दिउँसो १२ बजेसम्म मल्टीपेल्क्सबाट कछुवा गतिमा सुरु भएको यो फिल्म त्यसपश्चात दर्शकको भीड थामीनसक्नु भएको थियो।

woda no 6 (1)

पहिलो दिनको सफलतासंगै फिल्मले आजसम्म १ करोड हाराहारीको व्यापार गर्ने गिरीले बताए। ‘वडा नं ६’ले ‘अर्गानिक कन्टेन्ट’ अनि मनोरञ्जनात्मक कथाको कारण दर्शकको राम्रो प्रतिक्रिया बटुलिरहेको छ। ‘फ्यानसंग फोटो खिचाउदैमा व्यस्त छु’ गिरीले भने।

यो वर्ष रिलिज भएका फिल्महरुमा रेशम फिलिली, होस्टेल रिर्टन्स् , भैरव र लव सवसंगै ब्लकबस्टर फिल्मको रेकर्ड राख्दै छ ‘वडा नं छ’। ‘कमेडी’ फिल्म भएपनि सान्दर्भिक विषयबस्तुमा हसाइएकोले कथाले दर्शकको निकै मनजितेको छ।

यो पनि पढ्नुहोस्।
‘जेठी छोडेर कान्छी तिर लाग्या भन्न मिल्दैन’ – दिपक राज गिरी