२७ माघ, काठमाडौं । निर्देशन विपरीत कार्य गरेको भन्दै नेपाल दुरसञ्चार प्राधिकरणले दुई ठूला ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारवाही गरेको छ ।

प्राधिकरणको गत १७ गते बसेकको सञ्चालक समिति बैठकले वर्ल्डलिङ्क कम्युनिकेसन र भायोनेट कम्यूनिकेसनलाई कारवाही गर्ने निर्णय गरेको हो । उनीहरुलाई ५०–५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ। जरिवाना तिर्न आउ भन्दै प्राधिकरणले सोमबार पत्र काटेको छ।

प्राधिकरणको अनुगमनका क्रममा इन्टरनेट कम्पनीले चिठ्ठामा आधारित उपहार योजना सञ्चालन गरेको पाईएकोले कारवाही गरिएको प्रवक्ता मीनप्रसाद अर्यालले बताए । दुर सञ्चार प्राधिकरणले २०७० सालमा नै दिएको निर्देशन विपरीत प्रचार प्रसार गरेकोले दुरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारवाही गर्नु परेको उनले जानकारी दिए ।

वर्ल्डलिङ्क कम्पनीले ‘इन्टरनेट फरर विदेश यात्रा सररर’ भन्दै उपहार प्याकेज ल्याएको थियो । भायानेट कम्युनिकेसनले ‘गेट चान्स टु विन वन ईयर अफर फ्रि इन्टरनेट एभ्रि विक थ्रो लक्की ड्र आवर सर्भिस’ नामक उपाहार योजना सञ्चालन गरेको थियो ।