अक्षय कुमार र परिणिती चोपडा अभिनित बलिउड चलचित्र ‘केसरी’ ले बक्स अफिसमा १०० करोड भारु कमाएको छ।  यो सन् २०१९ मा सबैभन्दा छिटो १०० करोड भारु कमाउने फिल्म बनेको छ। फिल्मले रिलिजको सातौं दिनमा  १०० करोड भारु छोएको हो। यो भन्दा अघि ‘गलि ब्वाय’ले आठौं र ‘टोटल धमाल’ले नवौं दिनमा १०० करोड भारु कमाएको थियो।

२०१९ को सबैभन्दा सफल फिल्म
फिल्म भारतको ३६०० र भारत बाहिर ६०० स्क्रिनमा रिलिज भएको थियो। रिलिजको पहिलो दिन २१.६ करोड र विकेन्डमा ५६.५१ करोड भारु कमाएको थियो।

‘केसरी’ भारतको सारागढींमा भएको वास्तविक युद्धमा आधारित छ।