१५ असोज, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृखंलामा नेपाल र सिंगापुरबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।

लगातार पानी परेर टस समेत हुन नसकेपछि खेल रोकिएको थियो । पानी नरोकिएपछि खेल रद्ध गरेर दुवै टिमलाई एक एक अंक बाँडिएको हो । यो नतिजासँगै नेपालले चार खेलबाट तीन अंक जोडेको छ भने सिंगापुरले तीन खेलबाट तीन अंक बनाएको छ । जिम्बावेले तीन खेलबाट चार अंक जोडेको छ । अब भोली जिम्बावे र सिंगापुरबीच खेल हुनेछ ।

भोली जिम्बावे र सिंगापुरको खेलले शीर्ष दुईमा रहने टोली टुंगो लगाउनेछ । सिंगापुरले जिते नेपालको यात्रा टुंगिनेछ भने जिम्बावेले जितेको अवस्थामा भने नेपालको फाइनल प्रवेशको संभावना कायमै छ । श्रृंखला अन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भयो । त्यस्तै सिरिजको दोस्रो खेलमा सिङ्गापुरले जिम्बावेलाई पराजित गरेको थियो ।

डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ । नेपाली टोली सिङ्गापुरबाटै सिधै ओमान जानेछ । ओमानमा यही असोज १८ देखि २३ गतेसम्म चल्ने टि ट्वान्टी सिरिजका लागि नेपाली टोली त्यसतर्फ जानेछ ।