१ मंसिर, काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले तीनको तड्का नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहकयोजना सुरुवात गरेको छ ।

तीनको तड्का अन्तर्गत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने , सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई नि:शुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५ एमबीपीएसको प्याकेज लाई दोव्बर गरि १० एमबीपीएसको प्याकेजमा रुपान्तर गर्ने जनाएको छ ।

पहिले देखिनै प्रदान गरिरहेको ५ एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले यो योजना अन्तर्गत स्वतः १० एमबीपीएसको सेवा पाउने छन् । ५ एमबीपीएसको सेवा लिन चाहने ग्राहकहरुलाई बार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तर्गतको छुट सहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन नपर्ने भएको छ साथै ३ महिनाका लागि निशुल्क नेट टिभि समेत समावेश गरेको छ ।

वर्ल्डलिंकको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभीको सेवा लिन सकिने छ, ५० एमबीपीएसको प्याकेजको खरिदमा बार्षिक भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ ।

कम्पनीको मुख्य उद्धेश्य ग्राहक लक्षित भएकाले ग्राहकलाई प्रदान गर्ने सेवा सर्वसुलभ बनाउने, जहा पनि सबै समय सबैलाई जोडने लक्ष अनुसार तीनको तड्का ग्राहक योजना तीन महिना सम्म लागू हुनेछ ।