आजकल सबैको घरमा वाइफाइ इन्टरनेट चलाउँछन् । यदि तपाइँको घरमा वा छिमेकीको घरमा वाइफाइ छ र सिग्नल कमजोर आएर दिक्क हुनु भएको छ भने त्यसको समाधान गर्ने ९ टिप्स यहाँ दिइएको छ ।

१ घरको विच भागमा राउटर

राउटर राख्दा घरको विचभागमा पर्ने गरी राख्नुस् । यसो गर्दा घरका सबै भागमा वाइफाइ सिग्नल बराबर हुन्छ ।

२ राउटरको पोजिसन

राउटरको पोजिसनले पनि तपाइँको वाइफाइ सिग्नललाई प्रभाव पार्छ । यसका लागि क्लाउडचेकको सहायता लिन सकिन्छ । यसबाट वाइफाइ रुट पत्ता लगाएर कता कता सिग्नल जान्छ र कहाँ कमजोर छ त्यता पट्टि फर्काउन सकिन्छ ।

best_pace_for_router_1

३ भुइँमा नराख्नुस्

राउटरलाई कहिले पनि भुइँमा नराख्नुस् । सके सम्म २ फिट माथि राख्दा वाइफाइको सिग्नल विभिन्न दिशमा जान सक्छ । भुँइमा राख्दा राउटरको सिग्नल संकुचित हुन सक्छ ।

४ टिभीको पछाडी नराख्नुस्

कतिपयले राउटरलाई नदेखिने ठाउँमा राख्न मन पराउँछन् । टेलिभिजन वा टिभी क्याबिनेट पछाडि राउटर नराख्नुस् । यसले पनि तपाइँको वाइफाइ सिग्नल कमजोर बनाइदिन्छ ।

internet

५ उपकरणबाट टाढा राख्नुस्
राउटरलाई टेलिभिजन, कर्डलेस फोन र माइक्रोवेभ जस्ता विद्युतीय उपकरणबाट टाढा राख्नु पर्छ । यस्ता उपकरणले वाइफाइ सिग्नललाई बाधा उत्पन्न गर्छन् । किन भने यिनमा पनि म्याग्नेटिक फिल्ड हुन्छ ।

६ चोरबाट बँच्नुस्

तपाइँको पासवर्ड सजिलो भयो भने मानिसहरुले चोर्न सक्छन् । आफूले भन्दा अरुले बढी इन्टरनेट चलाउने सम्भावना हुन्छ । सँधै पासवर्ड राख्दा WPA Reaver जाँच गरेर राख्नुस् ।

WIFI-Symbol

७ वायरलेस च्यानल

सही वायरलेस च्यानल पनि वाइफाइका लागि महत्वपूर्ण हुन्छ । यदि तपाइँको नजिकमा अन्य वाइफाइ नेटवर्क छन् भने Wi-Fi Analyzer र Wi-Fi Stumbler जस्ता टुलले तपाइँको वाइफाइ स्ट्रोङ बनाउन सकिन्छ ।

८ राउटर सफ्टवेयर

राउटरमा पनि सफ्टवेर अपग्रेडिङको जरुरत हुन्छ । पुरानो राउटरमा यस्ता कुरा बढी ध्यान दिनु पर्छ । अन्यथा विनाकारण वाइफाइ सिग्नल कमजोर हुन्छ ।

internet-without-connection

९ इन्टरनेट सर्भिस

जाँच गर्नुस् कि तपाइँको इन्टरनेट दिने सर्भिस नै कमजोर हुन सक्छ । माथि उल्लेखित सबै कुरामा ध्यान दिँदा पनि इन्टरनेट स्लो छ भने नेट दिने सेवामा जानुस् ।

यो पनि हेर्नुस्

मोबाइलमा इन्टरनेट चलाउनु हुन्छ ? नगर्नुस् यी ११ गल्ती

फोन स्लो भएर दिक्क भो ? ६ समाधान थाहा पाउनुस्