एजेन्सी ।

कैयौं पटक तपाइँलाई इन्टरनेटमा भिडियो हेर्न चाहेको समयमा वाइफाइ कमजोर भएका कारण हेर्न पाउनु हुन्न । बफरिङको समस्याले भिडियो हेर्ने वा तस्विर अपलोड गर्ने इच्छा अधुरै रहन्छ ।

अव भने एक यस्तो वायरलेस डिभाइस आएको छ जुन डिभाइसको प्रयोगले वाइफाइको सिग्नल १० गुणा सम्म बढाउन सकिन्छ ।

WIFI-Symbol

यो डिभाइसले डाउनलोड स्पिड समेत बढाउन सक्छ । एरो बक्स (Eero Box) भनिने यो डिभाइसले घरको एक स्थानमा राखेपछि वरपर लामो दुरी सम्म सिग्नल फाल्न सक्छ ।

सामान्यतः यो डिभाइसले १० गुणा सम्म वाइफाइ सिग्नल बढाउन सक्ने दावी कम्पनीले गरेको छ । एन गजेटका अनुसार एरो नामक यो डिभाइस ले वाई-फाईको डाउनलोड स्पीड 8 Mbps बाट बढाएर 90 Mbps सम्म बनाउन सक्ने दावी कम्पनीको छ ।

Eero WiFi booster

यो वायरलेस बक्सको आकार सामान्य टिभी बक्स जस्तै हुन्छ । यसलाई विभिन्न एपको माध्यमबाट कन्ट्रोल गर्न सकिन्छ । यसका लागि वाइफाइको पासवर्ड भन्दा पनि फोन नम्बर उपयोगी हुन्छ ।

एरो बक्सको प्याकमा ३ बटा साना बक्स हुन्छ जसले तपाइँको घरको हरेक कोठामा सुपारफाष्ट वाइफाइ पुर्‍याउन सक्छ । यसले राउटरले जस्तै काम गर्ने भएपनि रेञ्ज भने निक्कै धेरै मात्रामा बढाउने क्षमता राख्छ ।

यो डिभाइसलाई एपको माध्यमबाट कनेक्ट गर्न सकिन्छ भने कुन नेटवर्कको इन्टरेन्ट कस्तो चलिरहेको छ भन्ने समेत यसबाट हेर्न सकिन्छ ।

एरो डटकमबाट यो डिभाइसबारे जानकारी लिन सकिन्छ ।

फोन ह्याङ हुन्छ ? थाहा पाइराख्नुस् यी ५ टिप्स
ग्यालेक्सी एस-५ लिनुभयो? त्यसो भए सुरुमै यी ५ काम गर्नुहोस्
वाइफाइ सिग्नल कमजोर आयो ? यी ९ काम गर्नुस्