९ असार, काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई यस वर्षको ‘लीलाध्वज साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । नेपाली भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा जोशीले पु-याएको योगदानको सम्मान गर्दै सो पुरस्कार दिन लागिएको हो ।

पुरस्कारको राशि रु २५ हजार तथा साथमा ताम्रपत्र रहने छ । यही असार १६ गते सो पुरस्कार प्रदान गरिने छ । रासस