१६ असोज, एजेन्सी । ऋतिक रोशन र टाइगर श्रोफ स्टारर फिल्म ‘वार’ले घरेलु बक्सअफिसमा दमदार कलेक्सन गरेको छ । एक्सन ड्रामाले पहिलो दिनको व्यापारमा सम्पूर्ण रेकर्ड तोड्दै ५३.३५ करोडको ओपनिङ गरेको छ ।

यसअघि बलिउडको ठुलो ओपनर ‘ठग्स अफ हिन्दोस्तान’को रेकर्ड पनि फिल्मले भत्कायो । आमिर खान स्टार ‘ठग्स अफ हिन्दोस्तान’ले ५०.७५ करोडको ओपनिङ गरेको थियो । ‘वार’को हिन्दी भर्सनको कमाई मात्रै ५१.६० करोड छ । भने, तामिल र तेलुगुमा १.७५ करोडको व्यापार गरेको छ ।

हिन्दी भर्सनको व्यापारमा सर्वाधिक ठुलो ओपनिङ गरेको हलिउड फिल्म ‘एभेन्जर्सः इन्डगेम’लाई पनि ‘वार’ले पछाडी छोडेको छ । ‘एभेन्जर्स’ले यसै वर्ष ५३.१० करोडको व्यापार गरेको थियो ।

सिद्दार्थ आनन्द निर्देशित ‘वार’, अब बलिउड र हिन्दी भर्सनमा सर्वाधिक ठुलो ओपनिङ गर्ने फिल्म बनेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मले दुई दिनमै सय करोडको आँकडा छुन सक्छ । फिल्ममा ऋतिक र टाइगरका अलावा वाणी कपूर, आशुतोष रानाको पनि मुख्य भूमिका छ ।