वास्तु शास्त्रले नकारात्मक र सकारात्क उर्जामा विश्वास गर्छ । वास्तु शास्त्रका अनुसार घर देखि अफिस र ब्यवसाय गर्ने ठाउँमा पनि सकारात्मक उर्जा पैदा गर्ने चिज राख्न सके शान्ति, अमन चयन र फाइदा हुने र नकारात्मक उर्जा पैदा भएमा अशान्ति र घाटा हुन्छ ।

१ कचौरा नून बाथरुममा राख्नुस् भाग्य चम्किन्छ

वास्तु शास्त्र अनुसार कतिपय चिजलाई नकारात्मक उर्जा पैदा गर्ने र बढाउने मानिन्छ जसले घरमा कलह र धनको नाश गराउने माानिन्छ । यस्ता चिजलाई घरमा नराख्नु नै राम्रो हुन्छ । कतिपय मानिसले जानकारी नहुँदा यस्ता नकारात्मक उर्जा पैदा गर्ने सामग्रीका कारण दुःख पाइरहेका समेत हुन्छन् ।

के के राख्नु हुँदैन घरमा ?

१- भगवान शिव माथि चढेको देवी कालीको रुप भएको तस्विर घर राख्नु राम्रो मानिँदैन । शिव भन्दा माथि खुट्टो भएको श्मशान कालीको तस्विरले घरमा नकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।

8 bastu thing not to keep at home २- बन्द भएको घडी तत्काल मर्मत गर्नुस् वा बाहिर लगेर राख्नुस् । बन्द भएको घडी घरमा राख्दा प्रगतिमा बाधा उत्पन्न हुने वास्तु शास्त्रको भनाइ छ ।

8 bastu thing not to keep at home 1

३- घरमा देवी देवताको टुटे फुटेको मुर्ति नराख्नुस् । यसले घरमा नकारात्मक उर्जा पैदा गर्छ र कलह र अशान्ति निम्त्याउँछ ।

यी ३ कुराले पुरुषको जीवन बरवाद पार्छन्

8 bastu thing not to keep at home 2

४- वास्तु शास्त्र भन्छ श‌िवल‌िङ्गको पुजा मन्दिरमा गर्नु लाभदायी हुन्छ तर घरमा शिव लिङ्ग राख्नु राम्रो मानिँदैन । वास्तुको दृष्टिमा शिव लिङ्ग घरमा अनिष्टकारी मानिन्छ ।

8 bastu thing not to keep at home 3

५- घरमा ऐना, झ्याल वा ढोकाको शिशा फुटेको छ भने तत्काल बदल्नुस् । फुटेको शिशाले नकारात्मक उर्जा पैदा गर्छ र सम्बन्धमा नकारात्मक असर गर्ने माानिन्छ । यसले गर्दा आयमा बाधा पैदा हुन सक्छ ।

8 bastu thing not to keep at home 4

६- फुटेका भाँडा वा विग्रेका विद्युतीय सामान घरमा नराख्नुस् । यसले नकारात्मक उर्जा पैदा गर्छ । यस्ता विग्रेका वा फुटेका सामानले घरको शुख शान्तिमा वाधा उत्पन्न गर्ने र धन सम्पति कमाउन समेत बाधा गर्ने विश्वास गरिन्छ ।

8 bastu thing not to keep at home 5

७- भगवान शिवको नाचिरहेको मुर्ति अर्थात नटराजको मुर्ति घरमा राख्नु अशुभ माानिन्छ । नटराज शिवको उग्र रुप भएका कारण यसले नकारात्मक उर्जा पैदा गर्छ । शिव ताण्डव नृत्य गरेपछि पृथ्वीमा विनाश हुने मानिन्छ ।

natraj siva

८- डुब्दै गरेको जहाजको तस्विर वा मुर्ति घरमा राख्नु अशुभ मानिन्छ । यसले नकारात्मक उर्जा पैदा गरेर मानिको क्षमतामा प्रभाव पर्ने मानिन्छ ।

8 bastu thing not to keep at home 6

तसर्थ घरमा यी ८ बस्तु कहिल्यै पनि नराख्नुस् ।

८ बास्तु नियमः जसले ल्याउँछ घरमा सुख शान्ति