२९ साउन, भाेजपुर । नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन् ।

सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन् । उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते प्रहरीले तामाङलाई पक्राउ गरेको थियो ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा आगामी दिन सो समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने प्रतिबद्धता जनाउँदै एक विज्ञप्ति निकालेपछि तामाङलाई कारागारमुक्त गरिएको प्रजिअ नुरहरि खतिवडाले बताउनुभयो । रासस