कुशल श्रेष्ठ

अचम्मको कुरा के छ भन्दा, नेपालमा विज्ञानको क्षेत्रमा मानिसहरू त्यति लागिपरेको देखिँदैन। यस्तो किन भयो त? सायद विध्यार्थीहरूलाई विज्ञानको बारेमा सञ्चार गराउने तरिका ठीक नभएर पो हो कि! अनेकौँ सिद्धान्त र वैज्ञानिक डाटामा मानिसहरूको कुनै चासो हुँदैन, तर रोचक, भावनात्मक तथा विचित्रका तथ्यहरूमा मानिसहरूको चासो हुन्छ। विज्ञान भनेको जहिले पनि कठीन हुनैपर्छ भन्ने छैन, कहिलेकाहिँ रमाइलो अनि हाँसो र ठट्टा पनि विज्ञानको सञ्चार माध्यम हुन सक्छ।

आजकालका वैज्ञानिकहरू के सोच्ने गर्छन् भन्दा विज्ञान भनेको कठोर नै हुनुपर्दछ, तर उनीहरूले यो बिर्सिरहेका हुन्छन् कि, कुनै रोचक अनि जिज्ञासु विषयले गर्दा नै उनीहरू विज्ञानको क्षेत्रमा हुँइकिएका हुन्।

यस्तै-यस्तै कुराहरूलाई मध्यनजर गर्दै, आजको अङ्कमा हामी तपाईँहरूलाई रोचक तथा अनौठा वैज्ञानिक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ (विज्ञान र प्रविधीलाई धन्यवाद!)। सायद यसले नयाँ पिँढीहरूलाई विज्ञानको क्षेत्रमा अघि सर्न मद्दत पनि गर्न सक्नेछ।

१. एउटा व्यक्तिमा सूर्य देखि प्लुटोसम्म १७ चोटि ओहोरदोहोर गर्न पुग्ने डि.एन.ए हुन्छ

human dnaएउटा डि.एन.ए.को लम्बाई औषत ५ सेन्टिमिटर लामो हुन्छ। अनि मानव शरीरमा करीब ३७ ट्रिलियन कोषहरू हुन्छन् र हरेकमा भएका डि.एन.ए.को लम्बाइ जोड्दा करीब २*१०^१४ मिटर लामो हुन जान्छ। अथवा सूर्य देखि प्लुटो (यम ग्रह) सम्म १७ चोटि ओहोरदोहोर गर्न पुग्दछ।

२. एउटा मानव शरीरमा जति पनि कोषहरू हुन्छन्, त्यो भन्दा १० गुणा बढी ब्याक्टेरियाका कोषहरू हुन्छन्

bacteria in human bodyहामी दिनमा कति चोटी हात धुन्छौँ, सडकमा हिँड्दा धुँवा धुलोबाट बच्न मास्क लगाएर हिँड्ने गर्छौँ, कसैले हाम्रो नजिक आएर हाँछ्यूँ गर्दा पनि परपर सर्ने गर्छौँ। वास्तवमा, हामी जतिसक्दो किटाणुको दुनियाँबाट टाढा रहने कोशिस गर्छौँ। तर, सत्य कुरा के हो भन्दा, हामी आफै हिँडिरहेको फोहोर हौँ। हाम्रो शरीरमा भएका ब्याक्टेरियाहरूलाई जम्मा गर्ने हो भने २० लिटरको भाँडा भरिन्छ, भनेको हाम्रो शरीरमा जति पनि कोषहरू छन्, त्यो भन्दा १० गुणा बढी ब्याक्टेरियाका कोषहरू हुन्छन्।

तर धन्ना नमान्नुहोस्, यी ब्याक्टेरियाहरूमध्ये कतिपय त हाम्रा लागि फाइदाजनक हुन्छन्, साँच्चै भन्ने हो भने यस्ता ब्याक्टेरियाबिना हामी बाँच्न पनि सक्दैनौँ।

३. एउटा फोटोनलाई सूर्यको केन्द्र देखि सतहसम्म आइपुग्नको लागि ४०,००० वर्ष लाग्छ, तर सतहदेखि पृथ्वीसम्म आइपुग्नको लागि केवल ८ मिनेट मात्रै लाग्छ

sun lightकुनै एउटा परमाणुबाट निस्केको फोटोनले कति दूरी पार गर्छ भन्ने कुरा उक्त परमाणुमा भएको ऊर्जाले जनाउँदछ। फेरि त्यस परमाणुले फोटोनलाई कुन दिशातर्फ छाड्दछ भन्ने कुराको पनि कुनै ठेट उत्तर हुँदैन। फोटोन भनेको प्रकासको सानो सानो प्याकेट हो।

सूर्यको केन्द्र देखि सतहसम्मको दूरी ६,९६,००० किलोमिटर रहेको छ। त्यसैले सूर्यको कोरमा भएको परमाणुले छाडेको फोटोन सतहसम्म आइपुग्न कति समय लाग्न भनेर हिसाब गर्नु एकदमै मुश्किल काम हो। तैपनि, वैज्ञानिकहरूले लामो हिसाब गरेपछि कोरबाट सतहसम्म आइपुग्नको लागि करीब ४०,००० वर्ष लाग्दछ भनेर पत्ता लगाएका छन्।

यसको मतलब, जुन प्रकाशलाई अहिले हामीले देखिरहेका छौँ, त्यो प्रकाश सायद करोडौँ वर्षअघि सूर्यमा पैदा भएको हुन सक्छ।

४. सानो चम्चामा राखिएको पानीमा भएका अणुहरूको लम्बाई सौर्यमण्डलको चौडाईभन्दा १० गुणा बढी हुन्छ

water moleculeएउटा चम्चामा करीब ५ मिलिलिटर पानी अट्दछ, जसमा २*१०^२३ अणुहरू हुन्छन्, तर पानीको हरेक अणु ३ वटा परमाणुबाट बनेको हुन्छः २ वटा हाइड्रोजन र एउटा अक्सिजन। त्यसैले, यी सबैलाई एक-आपसमा जोडेर लम्बाई नाप्ने हो भने हाम्रो सौर्यमण्डलको चौडाईभन्दा १० गुणा बढी लामो हुन जान्छ।

५. एउटा साधारण व्यक्तिले आफ्नो जीवनकालभरीमा पृथ्वीलाई ५ फन्को लगाउने दूरी हिँड्दछ

man walks 5 times earthएक साधारण व्यक्तिले दिनमा करीब ७,५०० पाइला हिँड्दछ। यदि ८० वर्षसम्म दैनिक ७,५०० पाइला हिँड्ने हो भने, जीवनभरीमा त्यस व्यक्तिले करीब २१,६२,६२,५०० पाइला हिँडिसक्नेछ। अब हिसाब गर्दा, ८० वर्षसम्म त्यस व्यक्तिले करीब १,१०,००० माइल हिँड्दछ, जुन पृथ्वीलाई ५ चोट फन्को लगाएसरह हुन जान्छ।

६. मानव शरीरको कुनै एउटा रक्तकोषलाई पुरै शरीरको फन्को लगाउनको लागि करीब ६० सेकेण्ड लाग्दछ

tumblr_nepsatfx6t1tlppcdo1_400हाम्रो शरीरमा लगभग ५ लिटर रगत हुन्छ र हाम्रो मुटुले हरेक धड्कनमा ७० मिलिलिटर रगत छाड्दछ। साथै, एक स्वस्थ मुटु प्रतिमिनेट ७० चोटि धड्किन्छ। अब, यदि प्रतिमिनेटमा मुटुले फाल्ने रगतको मात्रा र मुटु धड्किने मात्रालाई गुणा गर्ने हो भने ४.९ लिटर हुन जान्छ, जुन लगभग हाम्रो शरीरमा भएको रगतको मात्रा हुन जान्छ। त्यसैले, हरेक मिनेटमा मुटुले पुरै शरीमा पुग्ने गरी रगत फाल्नुपर्दछ।

७. हाम्रो ब्रह्माण्ड ५०,००,००,००,००० तारापञ्जहरू मिलेर बनेको छ। हरेक तारापुञ्जमा १,००,००,००,००,००० देखि १०,००,००,००,००,००० ताराहरू अवस्थित छन्। हाम्रो आकाशगङ्गा तारापुञ्जमा मात्रै करीब १०,००,००,००० ग्रहहरू रहेका छन्। अब भन्नुहोस्, के यो ब्रह्माण्डमा हामी मात्र छौँ त?universe
यो पनि हेर्नुहोस्-
पुरुषको लिङ्गको बारेमा १४ रोचक तथ्य
नाकको रोचक तथ्य
प्रकृतिको बारेमा रोचक तथ्य (फोटो फिचर)
उत्तर कोरियाको बारेमा विचित्र तथ्य, जुन तपाईँलाई थाहै थिएन
सपनाको बारेमा १० रोचक तथ्यहरू जुन तपाईँलाई थाहै थिएन
मानव शरीरको बारेमा तपाईँलाई थाहै नभएका १५ तथ्यहरू